Comments Add Comment

रुपन्देहीमा राष्ट्रिय परिचयपत्रको तथ्याङक संकलन सुरु

२२ साउन, बुटवल । रुपन्देहीमा राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्ने कार्य सुरु भएको छ ।

बिहीबार सदरमुकाम भैरहवामा सिद्धार्थ नगरका प्रमुख हरिप्रसाद अधिकारीको तथ्यांक लिएर जिल्लामा तथ्यांक संकलन सुरु गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।

हाललाई नागरिकता पाएका व्यक्तिलाई मात्र राष्ट्रिय परिचयपत्र वितरण गरिने भएकाले नागरिकताको प्रमाणपत्र र विवाहित महिलाले विवाह दर्ताको प्रमाणपत्र साथमा लगेर फारम भर्न सकिने उनले बताए ।

राष्ट्रिय परिचयपत्रमा हजुरबुबाको नाम, आमाको नाम, पति-पत्नीको नाम, औंठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना आदि समावेश गरिन्छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले जारी गर्ने यो परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा दुई वटा डेस्क खडा गरी तथ्यांक संकलन शुरु गरिएको छ ।

तथ्यांक भरेको केही दिनपछि परिचय पत्र डिजिटल पि्रन्ट भएर आउने व्यवस्था मिलाइएको सहायक प्रजिअ खड्काले बताए । यो वर्ष सरकारले एक करोड नागरिकको व्यक्तिगत विवरणको तथ्याङक संकलन गर्ने लक्ष्य लिएको छ ।

एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको रुपन्देहीमा २०६८ को जनगणना अनुसार ८ लाख ८० हजार एक सय ९६ जनसंख्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment