
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले सेयर कारोबारका लागि खोलिने खातामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ।
- नेपाल स्टक एक्स्चेन्जले नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर लिन अनुरोध गरेको छ।
- ग्राहकले केवाईसी विवरण राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा भर्नुपर्ने व्यवस्था लागू हुँदैछ।
१६ साउन, काठमाडौं । अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।
नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ ।
ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ । हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएको छ ।
साथै यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न नेप्सेले आग्रह गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरुले समेत नयाँ खाता खोल्नेलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेका छन् ।
प्रतिक्रिया 4