+
+
Shares

व्यक्तिको विवरण फेरेर राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’, कर्मचारीसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १०:५२
Listen News
0:00
0:30
🔊

२९ मंसिर, काठमाडौं । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका २८ वर्षीय सुनित रेग्मी पञ्जीकरण विभागकै कर्मचारी हुन् । उनीसँगै अर्का प्रतिवादी गोरखा नगरपालिका–१० घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय आशिष बाबु कुमाल पक्राउ परेका छन् ।

गलत मनसाय राखी उनीहरुले विवरण हेरफेर गर्दै एप्रुभ गरेको प्रहरीले बताएको छ । पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ को कसुर गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेकाहरुविरुद्ध पाँच दिनको म्याद काठमाडौं जिल्ला अदालतबाट थप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?