+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

हिरोसिमामा आणविक बम खसालेको ७५ वर्ष पूरा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १७:०४

२२ साउन, काठमाडौं । जापानको हिरोसिमामा विश्वको पहिलो आणविक बम खसालिएको ७५ वर्ष पूरा भएको छ ।

दोस्रो विश्वयुद्धको क्रममा सन् १९४५ अगष्ट ६ मा हिरोसिमामा अमेरिकाले युरेनियम बम खसालेको थियो । उक्त बम आक्रमणमा परी करिब एक लाख ४० हजार मानिसको मृत्यु भएको थियो । त्यसको तीनदिनपछि अमेरिकाले दोस्रो आणविक बम खसालेको थियो । त्यसको दुई सातापछि जापानले आत्मसमर्पण गरेको थियो र दोस्रो विश्वयुद्ध सकिएको थियो ।

हिरोसिमामा आक्रमण भएको ७५ वर्ष पूरा भएको अवसरमा बिहीबार हिरोसिमाको शान्ति पार्कमा जापानका प्रधानमन्त्री, सहरका मेयर र उक्त आक्रमणमा बाँचेका मानिसहरु र उनीहरुको सन्तानहरु सामेल भएका थिए । प्रत्येक वर्ष हजारौं मानिस उपस्थित हुने यो कार्यक्रममा यस वर्ष भने कोरोना भाइरस (कोभिड-१९) को कारण निकै कम मानिस मात्र सहभागी भएका थिए ।

बिहीबार स्थानीय समयअनुसार सवा आठ बजे मृतकप्रति श्रद्धा अर्पण गर्दै मौन धारण गरिएको थियो । सोही समयमा ७५ वर्ष पहिला यो सहरमा आणविक बम खसालिएको थियो । हिरोसिमाका मेयर काजुमि मात्सुईले सहरमा आक्रमण हुँदा मानिसहरुले अब ७५ वर्षसम्म यो सहर उजाड रहने हल्ला चलेको उल्लेख गर्दै अहिले हिरोसिमा यो आक्रमणबाट शान्तिको प्रतीक बन्दै उक्त अवस्थाबाट बाहिर आइसकेको बताए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले एक भिडियो सन्देश पठाउँदै सबै मुलुकहरुलाई त्यस्ता हतियारहरुलाई त्याग्ने प्रयास अझै मजबुत पार्दै अघि बढ्न आग्रह गरेका छन् । उनले पछिल्लो समय परमाणु हतियारको प्रतिस्पर्धा गएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् । परमाणविक हतियारको जोखिम पूर्णरुपमा हटाउने उपाय यस्ता हतियारहरुलाई पूर्णरुपमा हटाउनु रहेको उनले उल्लेख गरेका छन् ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?