Comments Add Comment

विप्लव समूहका रुकुम पश्चिम सेक्रेटरी पक्राउ

२२ साउन, सुर्खेत । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी हिरामणि रावलसहित ४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आठबीसकोट नगरपालिका–९, राडीबजारको एक होटलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सेक्रेटरी रावलसहित अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा, पार्टीको जिल्ला सदस्य घमण्ड महर र पार्टीको जिम्मेवारी नखुलेका तुल बहादुर घर्ती छन् ।

बुधबार राति १० बजे उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । लुकिछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरु पक्राउ परेको एसएसपी बास्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment