+
+

स्वास्थ्य मन्त्रालयले भन्यो : कार्यालयहरुमा गोष्ठी र बैठक नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते १७:२९

२२ साउन, काठमाडौं । सरकारले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक नगर्न अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोना संक्रमणकोजोखिम बढेको भन्दै कार्यालयमा बैठक, सेमिनार र अन्य जमघट नगर्न आग्रह गरेको हो । यदि यस्ता बैठक बन्द गर्न नमिल्ने भए भर्चुअल माध्यमबाट गर्न प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरेका छन् ।

त्यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा सावधानी अपनाउन प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी, अन्य पेशा व्यवसायका मानिसहरुलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले स्वाब परीक्षणका लागि दिएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?