
२२ साउन, जनकपुरधाम । कुखुरा फार्ममा जंगली जनावर नपसून् भनेर थापेको विद्युतीय धरापमा परेर महोत्तरीमा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका-५ पोखरभिण्डाका १३ वर्षीय बालक नितेश यादव रहेका छन् ।
स्थानीय कपीलदेव यादवले आफ्नो कुखुरा फार्ममा जंगली जनावर नपसून् भन्ने हेतुले थापेको विद्युतीय धरापमा परेर उनको छोरा नितेशको मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।
करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जनकपुरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बिष्टले बताए ।
मृतकको शवलाई घरमा ल्याएर राखेको सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाएको र यसबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4