Comments Add Comment

सुर्खेतमा सेवाग्राहीको भिड हुने कार्यालय बन्द गरिने

मालपोत कार्यालय सुर्खेतमा सेवाग्राहीको भिड । तस्वीर : मोटे ग्याङ नेपाल ।

२२ साउन, सुर्खेत । जिल्लाका सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालय साउन २५ गतेबाट बन्द हुने भएका छन् । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम नघटेको भन्दै सेवा बन्द गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतल बिहीबार सूचना जारी गर्दै साउन २५ गतेदेखि मालपोत, यातायात, कर कार्यालयलगायत सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालयहरु बन्द हुने जानकारी गराएको हो ।

जिल्ला प्रशानबाट प्रदान गरिने नागरिकता वितरण, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नवीकरणलगायतका सेवा प्रवाह पनि बन्द गरिने कार्यालयले जनाएको छ ।

‘सेवाग्राहीको अत्यधिक भिडका कारण संक्रमण फैलिन सक्ने भएकाले सेवा प्रवाह बन्द गर्न गालेका हौं,’ जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले भने, ‘केही दिन सेवा बन्द गर्छौं । फेरि थप व्यवस्थापन गरेर सुरु गर्ने तयारीमा छौं ।’

मेला र जमघटमा रोक

जिल्ला प्रशासन कार्यालयले मानिसहरू जमघट हुने गरी कुनै पनि कार्यक्रम नगर्न निर्देश्न दिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, सेमिनार, तालिम, जुुलुस, जात्रा, महोत्सव र धार्मिक कार्यक्रम गर्न रोक लगाएको हो ।

अर्को निर्णय नहुुँदासम्मका लागि यस्ता गतिविधिमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

चाडपर्वहरू पनि नजिकिँदै गएकाले गाइजात्रालगायतका जात्रा लाग्ने र विभिन्न विरोधका नाममा प्रदर्शनहरू हुँदा भिडभाड बढ्ने भन्दै समितिले यस्ता गतिविधिमा रोक लगाएको प्रजिअ रेग्मीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment