Comments Add Comment

कोरोना संक्रमणबाट बच्न-बचाउन यामाहाको सो-रुममा उच्च सतर्कता

२१ साउन, काठमाडौं । सामान्तया कोरोना संक्रमण देखियो भने सकेसम्म लुकाउने चलन छ । निजी क्षेत्रका व्यवसायिक र्फम प्रतिष्ठानहरुका कुनै कर्मचारीहरुमा कोरोना देखियो भने त झन् सकेसम्म बाहिर थाहा हुनै दिँदैनन् ।

कोरोना संक्रमणबाट सतर्क हुनका लागि पनि यदि कसैलाई कोरोना लागेको छ भने जानकारी दिनुपर्छ । तर, व्यवसायमा असर पर्ला कि भनेर धेरै प्रतिष्ठानहरुले सूचना लुकाउँछन् । तर, एमएडब्लू भने फरक देखियो । एमएडब्लुको कार्यालयमा गत आइतबार एक जनामा कोरोना संक्रमण देखियो ।

संक्रमण देखिएपछि कर्मचारीहरु सबैको पीसीआर परीक्षण गरियो । थप ५ जनामा कोरोना देखियो । यो कुरा कम्पनीले लुकाएन । संक्रमितहरु सबैलाई आइसोलेसनमा उपचारका लागि पठाएर काठमाडौं महानगरपालिकाको सहकार्यमा कार्यालयमा स्यानिटाइज गर्यो ।कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको यो कम्पनीले अहिले पनि सीमित कर्मचारीहरुमात्रै राखेर कार्यालय सञ्चालन गरिरहेको छ । कम्पनीको एउटा कार्यालयमा मात्रै कोरोना देखिएको थियो । अर्थात् कम्पनीका सो-रुमहरुमा भने कुनै त्यस्तो संक्रमण देखिएको छैन । सुरक्षा सतर्कता भने सबै सो-रुमहरुमा उच्च अपनाइएको छ ।

अहिले यस कम्पनीको यामाहा सो-रुममा जाने जोकोही ग्राहकले पनि पूर्ण सुरक्षित महशुस गर्न सक्छन् । जुन दृश्य हामीले पनि स्थलगत अवलोकनका क्रममा देख्यौं । बिहीबार यामाहाको सो-रुम त्रिपुरेश्वरमा पुग्दा त्यहाँ उच्च सतर्कता अपनाइएको थियो ।शोरुमको मूख्य प्रवेशद्वारमा नै कोरोना संक्रमणबाट जोगिनका लागि सचेतना मूलक पोस्टर टाँसिएको छ । त्यहाँ पस्ने ग्राहकहरुलाई सचेत बनाउन त्यसले पनि केहि ज्ञान दिन्छ । प्रवेशद्वारबाट भित्र पस्ने बित्तिकै सुरक्षार्थ खटिएका गार्डले आगन्तुकको तापक्रम नाप्छन् ।

तापक्रम ठीक भएको अवस्थामा मात्रै भित्र पस्न पाउँछन् । यदि कोहि शंकास्पद देखिएमा सुरक्षा गार्डले भित्र नपस्न आग्रह गर्नेछन् । तापक्रम नापेर ठीक छ भनेपछि गेट भित्र खुट्टाबाट चल्ने स्यानिटाइजर राखिएको छ । जसले हातमा खतरा महशुस गराउँदैन ।नजिकै फेस माक्स राखिएको छ । प्रवेश गर्ने कर्मचारीहरु पनि आफूले लगाएको मास्क नजिकैको डस्टवीनमा फालेर फ्रेस मास्क लगाएर मात्रै भित्र पस्छन् ।

भित्र पनि न्युनतम दूरी कायम गराउनका लागि मार्किङ गरिएको छ । कर्मचारीहरु पनि एकदमै सतर्क छन् । कर्मचारीहरु सबैले उच्च सतर्कता अपनाएका छन् ।

चिरञ्जीवि शाह

मास्क मात्रै होइन आँखा छेक्नका लागि ग्लास समेत लगाएका छन् । कर्मचारीहरु सबैको हातमा ग्लोब्स छ । आएका ग्राहकहरुलाई पनि दूरी कायम गराएरमात्रै बस्न दिइन्छ ।

त्यहाँको दृश्य हेर्दा यस्तो छ कि यहाँ जत्ति अन्त सतर्कता अपनाइएको छैन । उच्च सतर्कता अपनाएका कारण त्यहाँ कुनै ग्राहकले असुरक्षित महशुस गर्नै नपाउने यामाहा टु हृलिर्स डिभिजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवि शाह बताउँछन् ।

आएका ग्राहकहरुले मोटरसाइकल तथा स्कुटर छुने भइहाले । एक जनाले छोएको ठाएँमा अर्कोले छुदा संक्रमण भए सर्ने जोखिम हुन्छ ।

तर, एक जनाले छुइसके पछि स्यानिटाइज गरिहालिने भएका कारण यसबाट पनि डराउने पर्ने अवस्था नभएको सीईओ शाह बताउँछन् ।सीईओ साहका अनुसार एमएडब्लुको टु-ह्विलर डिभिजनको त्रिपुरेश्वरस्थित मल्ल कम्प्लेक्सको तेस्रो तल्लामा रहेको ‘ब्याक अफिस’मा गत आइतबार कोरोनाको एउटा केस देखिएको थियो । त्यसपछि उनीसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सम्पर्कमा आउनु भएका कर्मचारीहरुको ट्रेसिङ गरेर अफिसमा आएका कर्मचारी गरी ५१ जनाको पीसीआर टेस्ट गराएकोमध्ये पाँच जनामा पोजेटिभ देखियो ।

‘तर, सोरुमका कुनै कर्मचारीमा कोरोना देखिएको छैन । ‘हामीले दुई दिन अफिस पूर्ण रुपमा बन्द गर्‍यौं र काठमाडौं महानगरपालिकाबाट स्यानिटाइज गराइसकेका छौं, अहिले २५ प्रतिशत कर्मचारीबाट सुरक्षाका सबै प्रोटोकल पालना गरी काम गरिरहेका छौं’ सीईओ शाहले भने ।‘सुरक्षा नै पहिलो प्राथमिकता’

कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णु अग्रवाल अहिले सबैभन्दा पहिला सुरक्षालाई प्राथमिकतामा राखिएको बताउँछन् । उच्च सतर्कता अपनाएर सो-रुमहरु खोलिएको भन्दै उनले अहिले डराउने पर्ने अवस्था नरहेको बताए ।

‘एमएडब्लुले सदा थप सावधानी अपनाउँदै आएको छ, हाम्रा ग्राहक, कर्मचारी र नजिकको समुदायको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिन्छौं’ अग्रवालले भने, ‘एमएडब्लुले धेरै पहिलेदेखि अनलाइन मिटिङको अभ्यास थालिसकेका छौँ, अनावश्यक प्रवेश र चहलपहलमाथि रोक लगाइसकेका छौं ।’कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको कोभिड-१९ बीमा गराइसकेको समेत उनले जानकारी दिए । स्वास्थ्य सतर्कता अपनाउनका लागि कम्पनीले आफ्नै मापदण्डहरु समेत बनाएको छ । विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्डहरु सबै पालना गरिरहेको र त्यसका अतिरिक्त थप केहि मापदण्डहरु बनाएको कम्पनीले जनाएको छ ।

कोरोनाबाट जोगिनका लागि कम्पनीमा कार्यरत कर्मचारीहरुको मोवाइल समेत स्यानिटाइज गर्ने गरिएको छ । बाहिर खाजा खान जान पाइँदैन ।

कर्मचारीहरुले घरबाटै खाजा बोकेर आउनु पर्नेछ भने खाजा एक अर्कामा बाँडेर समेत खान मिल्ने छैन । सुरक्षाका विषयमा आफूहरु सचेत रहेको भन्दै उनले सो-रुममा आउन डराउनु पर्ने अवस्था नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment