+
+
Shares

नारायणकाजीलाई प्रधानमन्त्रीका सल्लाहकारले भने : प्रवक्ता पदको लाज त जोगाउनुस् !

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १२:३१

२३ साउन, काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गरेका छन्, कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् र विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’

मुलुक संवेदनशील मोडमा रहेको भन्दै उनले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेका छन् । रिमाल निकट स्रोतका अनुसार पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल समूहले पार्टीसम्वद्ध पत्रकारसँग गरेको भेट तथा छलफललाई लक्षित गरेर यो ट्वीट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?