Comments Add Comment

कन्ट्याक्ट ट्रेसिङमा परेपछि अनमोलको कोरोना परिक्षण

यमाहा बाइकको कार्यलयमा ६ जनालाई कोरोना संक्रमण देखिएपछि नायक अनमोल केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो । अनमोल र नायिका उपासना सिंह ठकुरीको फोटोसुटका क्रममा यमाहाको कार्यलयमा काम गर्ने एक जना महिला कर्मचारी पनि उपस्थित थिइन् । उनमा कोरोना पुष्टी भएपछि अनमोल केसी उपासना सिंह ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

नायक केसीले अनलाइनखबरसँग भने–‘फोटोसुटको बेलुकी यमाहाको टिमले मलाई जानकारी दिएपछि मैले २ दिन अगाडि कोरोना परिक्षण गरेको छु । तर, रिपोर्ट अहिलेसम्म आइसकेको छैन । सायद, भोलीसम्म आउँछ होला ।’

अनमोल अहिले घरमै आइसोलेसनमा छन् । अनमोलले भने–‘कोरोनाको रिपोर्ट नआएसम्म म घरमै आइसोलेसनमा छु । ममा कोरोनाको कुनै लक्षण त देखिएको छैन । परिवारसँग पनि दुरी बनाएर बसिरहेको छु ।’

लकडाउन खुलेसँगै अनमोलले विभिन्न ब्रान्डका विज्ञापनको लागि भिडियो र फोटोसुट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment