Comments Add Comment

बी.पी. साहित्य सम्मान ज्ञानमणि नेपाललाई प्रदान गरिने

२३ साउन, काठमाडौं । यस वर्षको बी.पी. साहित्य सम्मान पुरस्कार साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ ।

जननायक बी.पी. कोइराला स्मृति ट्रष्टले हरेक वर्ष बी.पी. जयन्तीको अवसरमा प्रदान गर्ने यो पुरस्कारको राशी एक लाख एक हजार नगद रहेको छ ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिको सर्वसम्मतिबाट नेपाललाई छनौट गरिएको हो ।

यस्तै, ट्रष्टले प्रतिवर्ष प्रदान गर्ने बी.पी. सेनानी सम्मान पुरस्कार-२०७७ होमनाथ दाहाललाई दिने निर्णय गरेको छ । प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्‍याएको योगदानका लागि उनलाई पुरस्कृत गर्न लागिएको ट्रष्टले जानकारी दिएको छ । यसको शाही ५१ हजार रहेको छ ।

दुवै पुरस्कारहरु आगामी भदौ २४, गते बी.पी. जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment