Comments Add Comment

काभ्रेमा क्वारेन्टिनमा बसेकी युवतीले गरिन् आत्महत्या

२३ साउन, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् ।

काभ्रेका एसपी रवीराज पौडेलका अनुसार दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् । एसपी पौडेलका अनुसार उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटना स्थल पुगिसकेको र पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको एसपी पौडेलले बताए । क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए ।

‘वडा नम्बर ४ घर भएकी एक युवती दुबईबाट आएर ६ दिनदेखि स्वास्थ्यचौकीको छुट्टै भवनमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् । सोही वडाका वडाध्यक्ष र एकजना कर्मचारीले उनको बसाइ, स्वास्थ्य अवस्था र खानपिनको बारेमा आजै जानकारी लिएको पनि थियो,’  गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले भने, ‘उनले कुनै पनि गुनासो नगरेको जानकारी मलाई वडाध्यक्ष ज्यूले दिनुभएको थियो । तर गाउँपालिकाको एउटा बैठक सकेर उठ्ने बेलामा उनले आत्महत्या गरेको खबर पाएँ ।’

क्वारेन्टिन व्यवस्थापनमा लापरबाही भएका कारण उनले आत्महत्या गर्न बाध्य बनेको भन्दै  मृतकको आफन्तले स्वास्थ्य कार्यालयमा आक्रमण गरेका थिए । आक्रोशित भिडले स्वास्थ्य कार्यालयको झ्याल ढोका तोडफोड गर्नुका साथै भण्डारण गरी राखेको औषधि फालिदिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

एसपी पौडेलका अनुसार सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिने काम भइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment