+
+
Shares

सोलुको चोकर्मा हिमताल फुट्यो (तस्वीर र भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १४:५४

२५ साउन, काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित चोकर्मा हिमताल फुटेको छ । गत शुक्रबार ताल फुटेपछि सोलु खोलामा पानीको बहाव बढेको नगर प्रमुख नाम्गेल जाम्बु शेर्पाले जानकारी दिए ।

तालको पानीले रिङ्मु, बेनी, व्यासी लगायतका वस्ती जोखिममा रहेको शेर्पा बताउँछन् । सल्लेरीबाट करिब ३० कोश उत्तरपूर्वमा रहेको चोकर्मा क्षेत्रमा हेलिकप्टरमार्फत जाने प्रयास भइरहेको उनले जानकारी दिए ।

सोलुदुधकुण्ड–१ का वडाध्यक्ष, छोङ्बा लामा शेर्पाका अनुसार चौंरी चराउन जानेहरूले ताल फुटेको देखेका थिए । उनी भन्छन्, ‘ताल आधा मात्रै फुटेकाले जोखिम कम छ, तर हामीले स्थानीयले सतर्क गराइसकेका छौं ।’

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?