Comments Add Comment

मकवानपुरमा ५ प्रहरीसहित २३ जनामा कोरोना संक्रमण

२५ साउन, हेटौंडा । मकवानपुरमा आइतबार ५ जना प्रहरी कर्मचारीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले जानकारी दिए ।

उनका अनुसार आइतबार जिल्ला प्रहरी कार्यालय मातहत कार्यरत ५ जना प्रहरी कर्मचारी, उपमहानगरभित्रका १६ जना, बकैया गाउँपालिका—४ घर भई हेटौंडास्थित एक सहकारी संस्थामा कार्यरत एकजना महिला कर्मचारी र बिराटनगर घर भई हेटौंडामा बस्दै आएका एकजनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकामा संक्रमणको लक्ष्ण पनि देखिएका हेटौंडा अस्पताल आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले जानकारी दिए । संक्रमण देखिएकाहरुलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

सेढाईंका अनुसार अहिलेसम्म उपमहानगरको १४ वटा वडामा संक्रमण देखिसकिएको छ ।
जिल्लाले उपलब्ध गराएको तथ्याङक अनुसार हेटौंडामा ३९, मनहरीमा १२, थाहानगरमा ७, भिमफेदीमा ४, बागमतीमा ३, राक्सिराङ र कैलाशमा १/१ जनामा संक्रमण देखिएको छ ।
यसअघि शुक्रबार १७ र आइतबार २३ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment