+
+

कर्णाली राजमार्ग फेरि अवरुद्ध

रासस रासस
२०७७ साउन २५ गते १७:४१
फाइल तस्वीर

२५ साउन, जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।’शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ’, उनले भने, ‘अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ ।’

त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका-१ गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले चलेका छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?