+
+

बेलायतमा एकै दिन फेला परे १०६२ नयाँ संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते ६:४०

२६ साउन, काठमाडौं । बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बेलायतमा गत २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ संक्रमित फेला परेका थिए ।

पछिल्लो तथ्यांकले बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको भनेर चिन्ता व्यक्त गरिएको छ । संक्रमण फैलिनबाट रोक्न बेलायत सरकारले केही स्थानमा लकडाउन गरेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?