Comments Add Comment

नुवाकोटका बिभिन्न स्थानमा पहिरो, घर र पुल जोखिममा

२६ साउन, काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले नुवाकोटका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।

विदुर नगरपालिकाको वडा नम्वर ६ स्थित खहरे खोलामा आएको बाढीले कृषि सडकको पुल जोखिममा पारेको छ । बाढीले पुलसँगैका घरहरुमा पनि जोखिम बढाएको स्थानीय प्रशान्त अर्यालले जानकारी दिए ।

बाढी पस्दा स्थानीयको खेत बगाएको छ भने चार घर जोखिममा परेका छन् । कृषि सडककै द्वारेखोलामा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ ।

यस्तै विदुर नगरपालिकाको वडा नम्वर ३ र ६ को चैनपुरमा पनि पहिरोले तीन घर जोखिममा परेका छन् । पहिरोले घर जोखिममा परेपछि स्थानीयले घरभित्रका सामान सुरक्षित स्थानमा सारेका छन् ।

पहिरोले विदुर नगरपालिकाको वडा नम्वर–३ का विभिन्न गाउँ र तारकेश्वर गाउँपालिकाको तल्लो क्षेत्रको सवारी सम्पर्क विच्छेद भएको छ ।

पासाङल्हामु राजमार्ग पुनः सञ्चालन

यसैबीच पहिरोका कारण यही साउन १९ गतेदेखि अवरूद्व पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

रसुवाको धुञ्चे–स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतह भासिएपछि राजमार्ग आवरुद्ध भएको थियो । राजमार्गको कुनातर्फबाट नयाँ ट्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ । ती कन्टेनरमा स्याउ छन् ।

पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment