
२६ साउन, काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
८४ वर्षीय मुखर्जी आफैंले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले एक ट्वीट गर्दै सोमबार आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् । उनले पछिल्लो एक सातायता आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई सेल्फ आइसोलेशनमा बस्न र कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेका छन् ।
मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4