Comments Add Comment

बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि

२६ साउन, बुटवल । बाँकेमा दुईजना चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज मेडिकल कलेजका २५ र ३४ वर्षीय महिला चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षणमा नेपालगन्जका ४७ वर्षीय पुरुष र १९ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।

यस्तै नेपालगन्जको वडा प्रहरी कार्यालयका ३०, ३७ र ३८ वर्षका तीनजना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पुरुष हुन् ।

वडा प्रहरी कार्यालयबाटै संकलन गरिएको स्वाबको नमूना परीक्षणमा वडा प्रहरी कार्यालय ठेगाना लेखिएकी १० वर्षीया बालिका, नेपालगन्ज उपमहानगरपालिका ५ का ३१ वर्षीय पुरुष र १२ वर्षी बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगन्ज-१२ का ३८ वर्षीय पुरुष र वडा नंं १० का ५८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी बाँकेको डुडुवा गाउँपालिका-२ का २३ वर्षीय पुरुष, वडा नं ५ की २५ वर्षीया महिला र वडा नंं ६ की ३५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

बाँकेमै भएको परीक्षणमा दाङका ४० वर्षीय पुरुष, टीकापुर-२ कैलालीकी ४० वर्षीया महिला, लम्की कैलालीकी ७० वर्षीया महिला, बर्दियाको ठाकुरबाबा-९ का ४३ वर्षीय पुरुष र सल्यानको कुमाख-६ का २२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । कैलालीकी ७० वर्षीया महिलाको उपचारका क्रममा आइतबार नै मृत्यु भइसकेको छ .

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार राति ९ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या ६२२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment