+
+
Shares

विप्लव समूहका नेता ओमप्रकाश पुन कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २६ गते १८:२१
फाइल तस्वीर

२६ साउन, कैलाली ।नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् ।

जिल्ला अदालत कैलालीले सोमबार उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको तर उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका श्रेेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडानम्बर ७ बेलीबाट उनलाई प्रहरीले कटुवा पेस्तोल र गोलीसहित असार ३१ गते पक्राउ गरेको थियो ।

प्रहरीले पुनमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?