Comments Add Comment

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२७ साउन, बागमती । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौंडा उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

हेटौंडा –११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५६७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । अत्यधिक गतिमा मोटरसाइकल चलाएकाले दुर्घटना भएको हुन सक्ने र मोटरसाइकलको पछाडि बस्ने २४ वर्षीय सुनिल सुनार सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment