Comments Add Comment

अब विदेशबाट दैनिक ५ सय जनाको मात्रै उद्धार हुने

२७ साउन, काठमाडौं । उद्धार फ्लाइट’बाट पनि अब दैनिक ५०० मात्र नेपालीलाई उद्धार गरेर ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइने भएको हो ।

अझै पनि विदेशमा ठूलो संख्यामा नेपाली उद्धारको प्रतिक्षामा छन् । सरकारले अब चार्टर्ड फोलाइटको पुरानो पद्धति पनि अन्त्य गर्दै दैनिक भित्रिने नेपालीको संख्यामा सीमा तोकेको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार विदेशबाट आउने नेपालीलाई अब उपत्यकामा क्वारेन्टिन गरिनेछ । क्वारेन्टिनमा बसेको ५ देखि ७ दिनभित्र पीसीआर टेष्ट गर्ने र संक्रमण नदेखिए मात्र सम्बन्धित गन्तव्यमा पठाइनेछ ।

अहिले विभिन्न देशमा ठूलो संख्यमा नेपालीहरु नियमित फ्लाइट कुरिरहेका छन् । चार्टर्ड फ्लाइट मँहगो भएर फर्किन नसक्नेहरुलाई सरकारले उद्धार गर्न सुरु गरेलगत्तै तोकिएकै दैनिक कोटाले समस्या गर्ने दूतावासका अधिकारीहरु बताउँछन् ।

कोटा तोक्दा विमान कम्पनीलाई पनि व्यवसायिक रुपमा सम्भव हुने यात्रु संख्या पुर्‍याएर विदेशबाट नेपाली फर्काउन समस्या हुने देखिएको छ । यसले गर्दा विदेशमा समस्यामा परेका नेपाली अझै पीडित हुने अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment