+
+
Shares

डोटीमा बस दुर्घटना, ३ जनाको मृत्यु

रामहरि ओझा रामहरि ओझा
२०७७ साउन २८ गते ८:२८

२८ साउन, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब ५:३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

बोहराका अनुसार दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरी निरीक्षक वोहराले बताए । उनले घाइतेहरुमध्ये केहीको अवस्था गम्भिर रहेको समेत जानकारी दिए । उनले भने, ‘घाइतेहरुको उद्धार गरी अस्पताल पठाएका छौं, केहीको अवस्था गम्भिर देखिएको छ ।’

घटनास्थलमा प्रहरी उपरीक्षक जनकराज पाण्डे नेतृत्वको प्रहरी टोली र स्थानीयवासी उद्धारका लागि खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?