+
+
Shares

अपहरण मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते १७:२६

२८ साउन, वीरगञ्ज । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३८ वर्षीय बन्हु सहनी पक्राउ परेका हुन् ।

अभियुक्त सहनीलाई मंगलबार दिउँसो ३ बजे वीरगञ्ज– १६ इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतले सहनी विरुद्ध २०६८ मंसिर १६ मा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

५० किलो ५ सय ग्राम लागूऔषध गाँजासम्बन्धि मुद्दामा समेत उनी संलग्न रहेको तथ्य खुलेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?