+
+

राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना, मुद्रा व्यवस्थापन विभाग सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २८ गते १९:१४

२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारीअनुसार संक्रमण देखिएका कर्मचारी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि आफैंले परीक्षण गराएका उनलाई बुधबार संक्रमण पुष्टि भएको राष्ट्र बैंकले बताएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ । विभाग सिल गरेर उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?