Comments Add Comment

चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर गरेर मात्रै सेवामा खटाउन निर्देशन

२८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन दिएको छ ।

बुधबार मन्त्रालयले परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीको सुरक्षा र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राख्दै सबै स्वास्थ्यकर्मीलाई पीसीआर गरेर मात्रै सेवामा लाग्न अनिवार्य गरिएको उल्लेख छ ।

मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीबाट समेत बिरामीमा कोरोना भाइरस नसरोस् भन्नका लागि पीसीआर अनिवार्य गराइएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षर गरिएको सो परिपत्रमा नियमित स्वास्थ्य परीक्षणमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सुरक्षित र स्वस्थ राख्नु समेत जिम्मेवार निकायको कर्तव्य रहेको भन्दै त्यसको लागि पनि सबैको पीसीआर आवश्यक बनाइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment