+
+

नविल बैंकले कमायो ३ अर्ब ५६ करोड, अन्य सूचक कस्ता छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १०:४७

२९ साउन, काठमाडौं । नविल बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ५६ करोड रुपैयाँल मूनाफा आर्जन गरेको छ । कोरोना महामारीका कारण बैंकको मूनाफामा केहि कमी आएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ४ अर्ब २३ करोड रुपैयाँ मूनाफा आर्जन गरको थियो ।

बैंकको करिब १६ प्रतिशत अर्थात ६७ करोड रुपैयाँले मूनाफा घटेको हो । कोभिड–१९ का कारण समग्र अर्थतन्त्रमा असर परेको कारण बैंकको मूनाफा घटे पनि अन्य सूचकहरु राम्रै देखिएका छन् ।

बैंकले गत आवमा एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यो अवधीमा १६ अर्ब ४९ करोड ब्याज आम्दानी गरेर ९ अर्ब ४७ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ७ अर्ब २ करोड कायम गराउन सफल भएको देखिन्छ । १० अर्ब ९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

बैंकको ३ अर्ब ४ करोड रुपैयाँ वितरण योग्य मूनाफा देखिएको छ । बिहीबार सार्वजनिक बैंकको वित्तीय विवरण अनुसार नविलको स्प्रेड दर ३.७३ प्रतिशत रहेको छ । त्यस्तै आधार ब्याजदर ७.३२ प्रतिशत छ ।
कस्ट अफ फण्ड ५.४९ प्रतिशत रहेको बैंकको सीडी रेसियो ६८.०८ प्रतिशत छ । नविलको प्रति सेयर आम्दानी ३७.२४ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?