+
+

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

टोपराज शर्मा टोपराज शर्मा
२०७७ साउन २९ गते ११:१८

२९ साउन,  रुपन्देही । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मंगलबार राति ज्यान गुमाएका २५ वर्षीय युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का प्रदीप तेलीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

साउन २४ गते भारतको मुम्बईबाट घर आएका तेलीमा ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या देखिएपछि साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । उनको सोही दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा मंगलबार राति मृत्यु भएको थियो ।

तेलीलाई मिर्गौलामा समेत समस्या रहेको डा. थापाले बताए । ‘मुम्बईबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो,’ डा. थापाले भने, ‘उनमा मिर्गौलाको समस्या रहेछ ।’

तेलीसँगै कोरोना अस्पतालमा मंगलबार राति कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । उनी भने कोरोना संक्रमित थिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?