+
+
Shares

सीटीईभीटीको परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १३:५०

२९ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ ।

सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सिटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

१ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो ।

परीक्षाको अर्को तालिका कोभिड–१९ को संक्रमण कम भएपछि तीन हप्ताको समयावधी राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?