+
+

प्रदेश १ मा ११५ संक्रमित थपिए, विराटनगरमै ६० जना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १५:५२

२९ साउन, विराटनगर । प्रदेश १ मा बिहीबर ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको छ ।

बिहीबार विराटनगर महानगरपालिका भित्रका ३८ पुरूष र २२ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलेको छैन ।

यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् ।

कोशीमा थप एक नर्स सं‌क्रमित

कोशी अस्पताल विराटनगरमा बिहीबार १ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अब संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?