+
+
Shares

मेक्सिकोमा कोरोना संक्रमितको संख्या पाँच लाख नजिक

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १७:४५

२९ साउन, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या पाँच लाखको हाराहारीमा पुगेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ९८ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसका पाँच हजार ८५८ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै मेक्सिकोमा कोरानो भाइरसबाट मृत्यु हुनेको संख्या पनि ५४ हजार नाघेको छ । अहिलेसम्म मेक्सिकोमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५४ हजार ६६६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा कोरोना भाइरसको कारण ७३७ जनाको मृत्यु भएको हो ।

मेक्सिकोको सरकारले भने मेक्सिकोमा कोरोना भाइरसका वास्तविक संक्रमितको संख्या भने आधिकारिक संख्या भन्दा धेरै हुन सक्ने बताएको छ । गत जुन महिनाको अन्तिमबाट मेक्सिकोले लकडाउन खुकुलो पार्न थालेको थियो । तर, त्यसयता मेक्सिकोमा कोरोना भाइरसका संक्रमितको संख्या उल्लेख्यरुपमा बढेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?