
२९ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएपछि कावासोती नगरपालिकाले ६ भदौसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले स्वास्थ्य सेवा बाहेक पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको प्रवक्ता खेमप्रसाद काफ्लेले जानकारी दिए ।
यस्तै, पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण होटल, रेष्टुरेण्ट, पर्यटन व्यावसाय, बैंक तथा वित्तीय संस्था र सहकारीहरूको हकमा एटीएम सेवा बाहेकका सबै सेवा बन्द हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4