+

एट्लेटिकोलाई हराउँदै लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

२०७७ साउन  ३० गते ७:१२ २०७७ साउन ३० गते ७:१२
एट्लेटिकोलाई हराउँदै लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

३० साउन, काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै जर्मन क्लब आरबी लाइपजिग पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । टेलर एडम्सले खेल सकिन दुई मिनेटअघि निर्णायक गोल गरेपछि लाइपजिगले एट्लेटिकोलाई २-१ ले पराजित गरेको हो ।

लाइपजिगले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।

पोर्चुगलको लिस्वनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ५०औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ७१औं मिनेटमा जाओ फेलिक्सले पेनाल्टीमार्फत एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।

८८औ मिनेटमा एडम्सले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए । लाइपजिग युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा पहिलो पटक अन्तिम चारमा पुगेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने लाइपजिग ३२औं क्लब बनेको छ ।

च्याम्पियन्स लिगको बाँकी क्वाटरफाइनलमा बायर्न म्युनिख र बार्सिलोना तथा म्यानचेष्टर सिटी र लियोनबीच खेल हुनेछ ।

एट्लेटिको मड्रिड च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय