Comments Add Comment

पलले भिडियोको सुटिङ नगर्ने, अरु कुन–कुन टिमले रोके काम ?

लुजडाउन भएसँगै म्यूजिक भिडियोमा काम गर्ने पहिलो मोडल हुन् नायक पल शाह । उनले गायक तथा भिडियो निर्देशक सरोज ओलीको टिमसँग मिलेर ‘ए है माया’ बोलको गीतको म्यूजिक भिडियोमा काम गरे । यसपछि पल निरन्तर भिडियोको काममा व्यस्त छन् । सरोजले पनि ३ वटा गीत सार्वजनिक गरिसकेका छन् ।

सरकारले लकडाउन सकिएको घोषणा गरेसँगै भिडियो छायांकनको काम तिव्र भैरहेको छ । तर, केही दिनयता देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । योसँगै म्यूजिक भिडियोको छायांकनमा पनि जोखिम उत्पन्न भएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले आवातजावातमा कडाई गरेको छ । योसँगै भिडियो छायांकनका काम पनि रोकिन थालेका छन् ।

निर्माता, गायक तथा निर्देशक सरोज ओलीले कोरोना संक्रमणको अवस्था कम नभएसम्म अब भिडियो छायांकन नगर्ने बताए । उनले भने–‘मेरो टिमको साथमा गायक टंक वुढाथोकी र कार्टुन क्रुले नयाँ भिडियोको काम रोकेका छौं । हाम्रो छायांकन भैसकेको गीत त रिलिज हुन्छ, तर नयाँ काम अब बन्द गरेका छौं ।’ ओलीका अनुसार आधा दर्जन भन्दा बढी गीत उनको पाइपलानमा थिए ।

यस्तै, नायक पल शाहले पनि आफूले बचन दिइसकेका र लोकेशन समेत पक्का भैसकेका गीतको छायांकन गर्ने तर नयाँ काम स्विकार नगर्ने बताए । उनले भने–‘मैले ३ वटा भिडियोको छायांकन गर्नुछ । निर्माण टिमले सबै तयारी पुरा गरिसकेकाले सुरक्षाको सबै विधी अपनाएर काम गर्छु । तर, नयाँ कामको जिम्मा भने अब एक महिना लिन्नँ ।’

काठमाण्डौमा म्यूजिक भिडियो छायांकनका क्रममा कुनै सुरक्षाको विधी अपनाइएको छैन । यसैले, भिडियो छायांकन झनै जोखिम बन्दै गएको छ । यस्तो अवस्थामा भिडियो निर्र्माणमा अगाडि रहेका टिमले धमाधम छायांकन रोक्ने निर्णय गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment