Comments Add Comment

आस्थाको ‘फाट्यो नी माइतीको चिनो’

तीज नजिकिदै जाँदा बजारमा गीतहरु सार्वजनिक हुने क्रम जारी छ । कतिपयले सुन्नै नसकिने तीज गीत सार्वजनिक गरे भने कतिपय कलाकारले तीजमा भाइरल हुने गीत सार्वजनिक गरे । कतिपयले नाच्ने र रमाउने गीत सार्वजनिक गरे भने कतिपयले बलात्कारबाट पीडामा रहेकी यूवतीको बदलाको कथा भने ।

थोरै मात्र यस्ता गीत सार्वजनिक भए, जसले दर्शक तथा श्रोताको मस्तिष्क हल्लाए । अब, गायिका आस्था राउतले ‘फाट्यो नी माइतीको चिनो’ बोलको गीत सार्वजनिक गरेकी छिन् । तीजको अवसरमा महिला दिदीबहिनीहरुका लागि लक्षित यो गीतले एक विवाहित महिलाको कथा भन्छ ।

यो गीतले माइतीसँग टाढा भएकी महिलाले आफ्नो जन्मघर संझिएर पोखेको बेदना बोल्छ । सुरेश अधिकारीको शब्द तथा संगीतले मन छुन्छ ।

गीतको अडियो शक्तिशाली छ । साथै, भिडियोमा कलाकार दिया मास्केको अभिनय पनि बेजोड छ । दियाले सिंगो गीतको भावलाई आफ्नो अभिनयमार्फत पोखेकी छिन् । जसलेगर्दा, आस्थाले गीतमार्फत भन्न खोजेको कथा दियाले भिडियोमार्फत सशक्त रुपमा देखाएकी छिन् । भिडियोमा दियाको साथमा मनोज जोशीलाई देख्न सकिन्छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment