+

लिभरपुलका ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले जिते युवा खेलाडीको अवार्ड

२०७७ साउन  ३० गते १६:१६ २०७७ साउन ३० गते १६:१६
लिभरपुलका ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले जिते युवा खेलाडीको अवार्ड

३० साउन, काठमाडौं । लिभरपुलका डिफेण्डर ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले २०१९-२० सिजनको उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।

प्रिमियर लिगले शुक्रबार आर्नोल्डलाई योङ प्लेअर अफ दि सिजनको विजेता घोषणा गरेको हो । आर्नोल्डले म्यानचेष्टर युनाइटेडका ३ सहित अन्य ७ खेलाडीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

अवार्डको प्रायोजक ट्याग हुअरको वेसाइट प्यानल अफ एक्सपर्ट र पब्लिकले गरेको भोटको आधारमा २१ वर्षीय आर्नोल्ड विजेता चयन भएका हुन् ।

उनले लिभरपुललाई ३० वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । यसै सिजनदेखि प्रदान गर्न सुरु गरिएको यस अवार्ड २३ वर्ष वा त्यो भन्दामुनिका उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिन्छ ।

आर्नोल्डसँगै युनाइटेडमा एन्टोसनी मार्सियल मासुन ग्रिनउड र मार्कुस रासफोर्ड चेल्सीका क्रिस्टियन पुलिसिक र मासोन माउन्ट एस्टनभिल्लाका ज्याक ग्रेगलिस र शेफिल्ड युनाइटेडका डिन हेन्डरसन मनोनयनमा परेका थिए ।

अलेक्जान्डर आर्नोल्ड लिभरपुल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय