+
+

थप ५९४ जनामा कोरोना संक्रमण, २४० डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १६:२४

३० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । उनीहरुमध्ये १०० जनाको मृत्यु भएको छ भने १० हजार ७७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २४० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै ११ हजार ५७५ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकाका ११९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ९ जना छन् ।

यसैगरी पर्साका ७१ जना, मोरङ ५३, सुनसरी, महोत्तरी र बाराका २४/२४ जना, तनहुँ र बाँकेका २२/२२ जना, सुर्खेतका २१, मकवानपुरका १८ तथा सप्तरी, सर्लाही, चितवन र रुपन्देहीका १४/१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिन्धुलीका ११ जना, झापा र कैलालीका ९/९ जना, सिराहा र अछामका ६/६ जना, रौतहट, बर्दिया र कपिलवस्तुका ५/५ जना, दैखेलका ३ तथा सिन्धुपाल्चोक, नवलपुर र कञ्चनपुरका २/२ जनामा संक्रमण देखिएको छ । उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङका १/१ मा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?