Comments Add Comment

आर्सनलले फ्रि ट्रान्सफरमा विलियनलाई अनुबन्ध गर्‍यो

३० साउन काठमाडौं । लण्डन क्लब आर्सनलले फ्रि ट्रान्सफरमा रहेका विलियनलाई अनुबन्ध गरेको छ ।

२०१९-२० को सिजन सकिएपछि अर्को लण्डन क्लब चेल्सी छाडेको घोषणा गरेका विलियन आर्सनललाई आर्सनलले तीन वर्षको लागि अनुबन्ध गरेको हो ।

विलियनलाई अनुबन्ध गरेपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले उनी जस्ता खेलाडीले आर्सनलमा प्रभाव पार्न सक्ने बताएका छन् ।

ब्राजिलियन खेलाडी विलियनले ७ वर्ष चेल्सीमा बिताएका थिए । ब्राजिलियन क्लब कोरिनथियन्सबाट करियर सुरु गरेका विलियन २००७ मा युक्रेनी क्लब साख्तर डोनेस्क पुगेका थिए । त्यहाँ ६ वर्ष बिताएपछि उनले रसियन क्लब एन्जी मखाचकलामा समेत केही खेल खेले । त्यसपछि उनी सन् २०१३ मै इंग्ल्याण्ड पुगेका हुन् ।

चेल्सीमा रहँद उनले दुई प्रिमियर लिग एक एफए कप र एक युरोपा लिग उपाधि जितेका थिए । जहाँ उनले ३३९ खेल खेल्दै ६३ गोलसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment