Comments Add Comment

बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार, ८–२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो

३१ साउन, काठमाडौं । जर्मन बुण्डेस लिगा क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल थपेको थियो ।

थोसम मुलरले चौथो मिनेटमै गोल गरेर बार्यनलाई १–० को अग्रता दिलाए । बार्सिलोनाले सातौं मिनेटमा अल्बाको गोलबाट बराबरी गर्यो । त्यसपछि भने बार्सिलोना बायर्नको अगाडि निकै निरीह देखियो ।

बायर्नका लागि २१ औं मिनेटमा इभान पेरिसिकले र २७ औं मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरे । ३१ औं मिनेटमा मुलरले नै व्यक्तिगत दोस्रो गोल गरे । यसरी पहिलो हाफमा बायर्न ४–१ ले अगाडि रह्यो ।

५७ मिनेटमा बार्सिलोनाका लागि सुअरेजले एक गोल गरे र खेललाई ४–२ को अवस्थामा पुर्याए ।

बायर्न भने रोकिएन । उसले फेरि चार गोल थप्यो । ६३ औं मिनेटमा किमिचले र ८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । यस्तै काउटिन्होले ८५ र ८९ औं मिनेटमा गोल गरे ।

यसरी बायर्नसँग ८–२ ले पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलबाटै बाहिरियो ।

सन् १९५१ पछि बार्सिलोना ६ भन्दा बढी गोल अन्तरमा पराजित भएको यो पहिलो पटक भएको बताइएको छ । सन् १९५१ मा बार्सिलोनालाई स्पानियोलले ६–० ले हराएको थियो ।

यस्तै सन् १९४६ मा सेभिल्लाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment