+

युगान्डाका धावक जोसुवाले बनाए विश्व कीर्तिमान

२०७७ साउन  ३१ गते ११:३७ २०७७ साउन ३१ गते ११:३७
युगान्डाका धावक जोसुवाले बनाए विश्व कीर्तिमान

३१ साउन, काठमाडौं । युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान छन् । फ्रान्सको मोनाकोमा शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

२३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन् । उनले करिब २ सेकेण्डले कीर्तिमान आफ्नो बनाएका हुन् ।

यसअघि इथिओपियाका केनेनिसा बेकेलेले पाँच हजार मिटर १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमान राखेका थिए । इथिओपिउन लेजेण्डले सन् २००४ मा उक्त कीर्तिमान बनाएका थिए ।

मोनाकोका जोसुवाले गत फेब्रुअरीमा ५ किलोमिटर रोड रेसमा पनि कीर्तिमान बनाएका थिए ।

‘मोनाको मेरो लागि विशेष ठाउँ हो र यो त्यस्तो ठाउँ मध्ये एक हो जहाँ मैले विश्व कीर्तिमान तोड्न सक्छु,’ जोसुवाले भने ।

उनले गत वर्ष कतारको दोहामा १० हजार मिटरमा पहिलो स्थान हात पारेका थिए । त्यतिबेला उनले आफ्नो लक्ष्य विश्व कीर्तिमान रहेको बताएका थिए ।

युगान्डा विश्व कीर्तिमान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय