+
+
Shares

मनमैजुमा छुरा हानेर भागेका शेर्पा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३१ गते १४:०२

३१ साउन, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ मनमैजुस्थित मितेरी पुलमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा शेर्पा र लक्ष्मण तामाङको समूहबीच झगडा भएको थियो । त्यसक्रममा काठमाडौं-१६ बसन्तनगरका आङदोर्जे शेर्पाले नुवाकोट घर भई तारकेश्वरमा बस्ने लक्ष्मणलाई छुरा प्रहार गरेका थिए ।

उनको गि्रनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि भागेका शेर्पालाई भने माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?