Comments Add Comment

क्षेत्रिय कारागार झुम्काका चार बन्दीमा कोरोना संक्रमण

३१ साउन, विराटनगर । सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र जरवजस्ती करणी उद्योग तथा शरिर बन्धक मुद्दामा एकजनालाई पुर्पक्षका लागि झुम्का पठाएको थियो ।

धनुषामा कारगार छैन् । कारागार नभएका कारण अदालतले चार जनालाई झुम्का पठाएको खनालले बताए ।

कारगारको छुट्टै स्थानमा राखेर कोरोना जाँच गर्दा पोजेटिभ आएको खनालले बताए । ‘नयाँ कैदी बन्दीलाई पीसीआर जाँच नगरी भित्र राख्दैनौं’ उनले भने, ‘बाहिरी राखेर पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।’

संक्रमण पुष्टि भएकाहरुको अवस्था सामान्य छ । उनीहरुलाई छुट्टै स्थानमा राखिएको छ ।

कारागार भित्र १ हजार ७ सय १३ जना कैदीबन्दी छन् । संक्रमण नियन्त्रणका लागि नयाँ कैदी बन्दीलाई कोरोना जाँच पछि मात्र अनुमति दिइदै आएको खनालले बताए ।

८६ संक्रमित थपिए

झुम्का कारागारका चार बन्दीसँगै शनिबार प्रदेश ८६ कोरोना संक्रमित थएकिा छन् । शनिबार ३२ महिलासहित ८६ संक्रमित थपिएका हुन ।

थपिएका मध्ये मोरङमा मात्र ६४ जना छन् । सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४० संक्रमित थपिएका छन् । रंगेलीमा ३ महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । धनपालथानमा ५ जना, जहदामा ३ जना, सुन्दरहरैचामा २ जना, बुढीगंगामा २ जना र ग्रामथान, सुनबषी र कानेपोखरीमा १-१ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुनसरीको धरानमा २ महिला ९ पुरुषमा संक्रमण देखिएको छ । रामधुनीमा ५ पुरुष, बर्जुमा ३ जनामा संक्रमण देखिएको छ ।

तेह्रथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको १ हजार ९०७ पुगेको छ । संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ भने १ हजार ७५ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment