
३२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सोमबार सचिवालय बैठक बोलाएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए ।
नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए ।
स्रोतका अनुसार त्यसअनुसार नै सोमबार विहान साढे ९ बजे सचिवालय बैठक बोलाइएको हो । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4