Comments Add Comment

६४१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र १७२ जना

३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । उनीहरुमध्ये १०४ जनाको मृत्यु भएको छ भने १७ हजार ३३५ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौैं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११/११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी र महोत्तरीका ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३/३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एकएक जना संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment