Comments Add Comment

रुपन्देहीमा जिल्लास्तरीय क्विक रेस्पोन्स टिम

३२ साउन, बुटवल । कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि तत्काल समन्वय गर्न रुपन्देहीमा जिल्लास्तरीय ‘क्विक रेस्पोन्स टिम’ र पालिकास्तरमा ‘इमिडिएट रेस्पोन्स टिम’ गठन गर्ने निर्णय भएको छ ।

कोरोना संक्रमणदर बढ्दै गएपछि यसको नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले रेस्पोन्स टिम गठन गर्ने निर्णय भएको हो ।

आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र -डीसीसीएमसी)को बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘क्विक रेस्पोन्स टिम’ गठन गर्ने निर्णय गरेको हो ।

जिल्लास्तरमा काम गर्ने क्विक रेस्पोन्स टिममा स्थानीय तहका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा प्रमुख, पत्रकार महासंघ र निजी क्षेत्रको प्रतिनिधित्व रहनेछ ।

यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पालिका स्तरीय ‘ईमिडिएट रेस्पोन्स टिम’ गठन गर्ने निर्णय भएको हो । यसमा स्थानीय प्रहरी, स्वास्थ्यकर्मीलगायतको टिम सदस्यका रुपमा रहने छन् ।

बैठकले कोरोना नियन्त्रण र उपचारका लागि पालिकाहरुमा अति आवश्यक पर्ने सामान खरिद गर्न सक्नेसमेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । यी दुवै टिम कोरोना महामारी अन्त्य नहुँदासम्म क्रियाशील रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment