Comments Add Comment

सीएसआरमा खर्च नभएको बैंकको रकम धमाधम कोरोना कोषमा

३२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले खर्च गर्ने रकम खर्च हुन नसके त्यसलाई कोरोना कोषमा जम्मा गर्नुपर्ने प्रावधान मौद्रिक नीतिले लिएको थियो । सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुले रकम हस्तान्तरण गरिरहेका छन् ।

आइतबारसम्म विभिन्न बैंकहरुबाट २१ करोड ५८ लाख रुपैयाँ कोरोना कोषमा आइसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयका अनुसार आइतबार डिप्रोक्स वित्तीय संस्था, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नविल बैंकले सरकारलाई रकम हस्तान्तरण गरेका छन् । यसअघि नेपाल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र सनराइज बैंकले कोरोना कोषमा रकम हस्तान्तरण गरेका थिए ।

चालु आर्थिक वर्षको मौदि्रक नीतिले आव २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च हुन बाँकि रकम नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने प्रावधान लिएको थियो ।

आइतबारसम्म कुन बैंकले कति दिए ?

नविल बैंक : रु ६०००००००

कृषि विकास बैंक : रु ४१०१००७५

नेपाल बैंक लिमिटेड : रु ३४६०००००

सिद्धार्थ बैंक : रु २६७२७९२९

राष्ट्रिय वाणिज्य बैंक : रु २६९९३१४५

प्रभु बैंक : रु १३९१८२३८

सनराइज बैंक : रु ७९४४४७६

डिप्रोक्स वित्तीय संस्था : रु ४६५८१२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment