
३२ साउन , डोटी । दुवै मिर्गौला फेल भएर काठमाडौंमा उपचार गराइरहेका अछामका पत्रकार ध्रुव बिसीलई डोटीका पत्रकारहरुले ५१ हजार बढी रुपैयाँ सहयोग गरेका छन् ।
प्रेस संगठन डोटीले सदसइहरुबाट संकलन गरी ४१ हजार ११५ रुपैयाँ पत्रकार बिसीको बैंक खातामा जम्मा गरिदिएको संयोजक कर्णबहादुर चन्दले बताए ।
यस्तै नेपाल पत्रकार महासंघ डोटी शाखाले पनि बिसीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेको शाखाका सचिव गणेशबहादुर मौनीले जानकारी दिए ।
मिर्गौला प्रत्यारोपण गर्नुको विकल्प नरहेको चिकित्सकहरुले सल्लाह दिएकोले आफूलाई बचाउन पत्रकार बिसीले सार्वजनिक अपिल गरेका छन् ।
पत्रकार बिसी रेडियो सोसाइटी एफएमका अछामका कार्यकारी निर्देशक हुन । उनी नयाँ पत्रिका राष्ट्रिय दैनिक र हिमालय टेलिभिजनका अछाम संवाददाताको रुपमा कार्यरत छन् ।
उनको हाल वीर अस्पताल, काठमाडौंमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4