Comments Add Comment

पत्रकार कुटपिटको विरोधमा जनकपुरमा प्रदर्शन, दुई जना पक्राउ

३२ साउन, जनकपुरधाम । पत्रकार कुट्ने प्रहरीमाथि कारबाहीको माग गर्दै आइतबार जनकपुरधामका युवाहरुले प्रदर्शन गरेका छन् ।

पत्रकार कुटपिट गर्ने प्रहरीमाथि कारबाहीकाे माग गर्दै  भानु चोकमा प्रदर्शन गरेका उनीहरुले गृहमन्त्री रामबहादुर थापाको तस्वीरमा आगो समेत लगाएका थिए ।

त्यस क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनिल साह र राजेश यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

जनकपुरधामस्थित नवजीवन अस्पतालमा रिपोर्टिङ्ग गर्न गएका पत्रकार सन्तोष यादव र सिबेन्द्र रोहितामाथि प्रहरीले शुक्रबार राति लाठी बर्साएको थियो । पत्रकार भनिरहँदा समेत लाठी प्रहार गर्नेलाई कारबाही नगरिएको भन्दै विभिन्न संघ संगठनहरुले आपत्ति समेत जनाएका छन् ।

मधेशी पत्रकार समाजले लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गरेको छ । समाजका सचिव संजीव विक्रम साहले जारी गरेको विज्ञप्तिमा राजविराजका पत्रकार परिष कर्णमाथि हातपात गर्ने व्यक्तिलाई पनि कारबाहीको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment