Comments Add Comment

मलामी गएका युवक महाकालीमा बेपत्ता

१ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नदीमा एक युवक बेपत्ता भएका छन् ।

जिल्लाको बेदकोट नगरपालिका–८ का १७ वर्षीय जनक साउद महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

साउद सोमबार आफन्तको मलामी गएका व्यक्ति भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिकै नदीमा बगेर बेपत्ता भएका हुन् ।

‘उनको खोजी भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment